फिरोज कोह, १० जेठ । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा हिजो मङ्गलबार आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ ।
त्यहाँको प्रान्तीय सरकारका प्रवक्ता मौलावी अब्दुल वाहिद हमासले बताउनु भएको छ : ‘अनुसार भारी वर्षाले प्रान्तीय राजधानी फिरोज कोह बाहिर बिहान अचानक बाढी आयो मदरसा गाउँमा तीन महिलासहित चार जनाको ज्यान गएको छ ।
उहाँका अनुसार प्रभावित क्षेत्रमा सर्वेक्षण र उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने छ । बाढीले थुप्रै घरहरू पनि बगाएको छ ।
अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा अघिल्लो हप्ता पनि यस्तै बाढीले चार जनाको ज्यान लिएको र २५ जना घाइते बनाएको थियो ।
युद्धग्रस्त अफगानिस्तानमा विशेष गरी ग्रामीण इलाकाहरूमा आवासीय घरहरू प्रायः माटोले बनेका हुन्छन् र त्यसैले त्यस्ता संरचना प्राकृतिक प्रकोपको जोखिममा हुन्छन् र वर्षा र बाढीमा सजिलै डुब्ने गर्छन् ।रासस/सिन्ह्वा
