काठमााडौ, ५ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरियो
निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न छुट्टा छुट्टै रिट निवेदन दर्ता गराएका हुन्।
निवेदन देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र खड्काका तर्फबाट अधिवक्ता श्रवण कुमारले रिट दर्ता गर्नुभएको हो ।
रिट निवेदनमा कांग्रेस महाधिवेशनको प्रक्रिया र कार्यतालिका रोक्न माग गरिएको छ ।
यसअघि संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। यसअघि सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकताका विषयमा पुनरावलोकनको आदेश दिएको थियो।
