काठमाडौँ, ५ भदौ । अविरल वर्षाका कारण काठमाडौँ महानगरपालिका वडा नंं ३ बाँसबारीस्थित दुई तले घर भासिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरीका अनुसार बिहीबार राति करिब सबा ८ बजे उक्त घर भासिएर कोल्टे परेको छ । घर हरि श्रेष्ठको रहेको छ ।
उक्त घरमा गेष्ट हाउस सञ्चालन हुँदै आएको छ भने घटनाबाट कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
