ढल्केबर, ११ असोज । धनुषा जिल्लास्थित मिथिला नगरपालिका –११, बाहुनमारास्थित आँपगाछीमा पहिरोले पुरिएर २९ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार वर्षाका कारण आज बिहान ७ः३० बजे पहिरोले घर भत्किएको थियो । ।

घर भत्किँदा श्रेष्ठ घरभित्रै पुरिएको र उद्धारको क्रममा उहाँको मृत्यु भइसकेको अवस्थामा शव निकालिएको प्रहरीले जनाएको छ ।

पहिरो जाने क्रममा घरभित्र पाँच जना रहेकोमा चार जना भने समयमै बाहिर निस्किएर ज्यान जोगाउन सफल भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर