काठमाडौँ, ११ असोज । मनसुन सुरु भएयता वर्षाका कारण उत्पन्न बाढीपहिरोमा परी हालसम्म देशभर १२ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्र ६ जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ ।

मृत्यु हुनेमा पाल्पाका एकजना, सिराहाको एक, सुर्खेतका एक र रोल्पाका एक हुनुहुन्छ । त्यसैगरी बागलुङका एक, रुकुम पश्चिमका एकजना । काभ्रेपलाञ्चोकको एक, मकवानपुरका एकजना रहनुभएको प्राधिकरणले जनाएको छ । वर्षाकै कारण असोज ९ गते पाल्पाकी एक महिला वेपत्ता हुनुहुन्छ।

अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा रुख ढलेर देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा ठप्प भएको छ। प्राधिकरणले आज दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण जारी गर्दै यात्रा गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर