काठमाडौं, ११ असोज । नेपाल प्रहरीले सामान्य सोधपुछ पश्चात पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई छोडेको छ।
उहाँलाई हिजो राती घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उहाँलाई परिवारको जिम्मा लगाइएको प्रहरीले स्रोतले जनाएको छ।
नियन्त्रणमा लिएको बारे औपचारिक जानकारी प्रहरीले दिइएको छैन।
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएपछि बिना पक्राउ पूर्जी प्रहरीले मध्यराति घरबाट लगेको भन्दै सरकारको आलोचना गरिएको छ। बिना कारण प्रहरी कार्यालयमा राख्न नहुनेभन्दै कानुनविद् एवं राजनीतिक दलका नेताले पनि दबाब दिएका छन्।
