सिमकोट ९हुम्ला०, २४ असोज । चङ्खेली गाउँपालिका–४ देसीखोलामा आज बिहान ११ः०० बजे बोलेरो जीप दुर्घटना परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ मनवीर बुढा, उहाँका छोरा र सिमकोट गाउँपालिका–८ की वसन्ती बुढा रहनुभएको छ ।

त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारणले घटनास्थलमा पुगेर घाइतेको उद्धार गर्नुभएको थियो । ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो । कर्णाली प्रदेश०२००१च १०९१ नम्बर जीप दुर्घटनामा परेको हो ।

जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेको जनाइएको छ । घाइते हुनेमा चङ्खेली-६ की १४ वर्षीया बिमला बुढा, २४ वर्षीय दिपेन्द्र सिंह, सोही ठाउँका अन्दाजी आठ वर्षीया अनुपमा रोकाया, दुई वर्षीय दिवाङ्स बुढा, सिमकोट-८ का अन्दाजी चार वर्षीया जागृति रोकाया, सोही ठाउँका अन्दाजी २९ वर्षीय मनवीर बुढा, ३६ वर्षीय महेन्द्र रोकाया, करिब २९ वर्षीया वसन्ती रोकाया, सोही गाउँपालिकाकी अन्दाजी २६ वर्षीया पार्वती सिराहा, २४ वर्षीय हँस लामा, करिब २९ वर्षीय कैलाश सिराहा र २९ वर्षीय बहादुर लामा घाइते भएका छन् ।

घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र पठाउन लागिको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख टिका उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर