काठमाण्डौं, १३ बैशाख । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज १३ गते बस्ने भनिएको बैठक स्थगित भएको छ । कोरोना प्रकोप फैलिँदै गएको अवस्थामा पि.सि.आर. परीक्षण गरेर मात्र बैठक संचालन गरिने भएकोले आज सोमबारको बैठक स्थगित भएको हो ।
काँग्रेसले सबै केन्द्रिय सस्यलाई पिसिआर परीक्षण गराउन अनुरोध गरिसकेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति मार्फत् आज जानकारी गराए अनुसार, पि.सि.आर. परीक्षणको कारण स्थगित भएकोमा उक्त बैठक २०७८ बैशाख १५ गते दिनको २ः०० बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा वस्नेछ ।
