काठमाडौं, २२ श्रावण । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेन्जी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगर–७ स्थित ऐतिहासिक ‘कोइराला निवास’को मर्मत तथा संरक्षणका लागि विनियोजन गरिएको २ करोड रुपैयाँ दिएको रकम लिन आफू नैतिक रुपमा असमर्थ रहेको प्रष्ट पार्नुभएको छ ।
डा कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता सम्बन्धि पत्र समेत पठाउनुभएको छ ।
मन्त्रालयले बिराटनगरस्थित कोइराला निवास मर्मत संहारका लागि आर्थिक बर्ष २०८३/८४ को बजेट मार्फत २ करोड रकम बिनियोजन गरेको थियो ।
