काठमाडौं, २२ साउन । आज सेयर बजार २६५० अंकमा झरेर नेप्से ४.०५ अंकमा झरेको छ । आज पनि बजार दिनभरजसो रातो रहनुका साथै कारोबार रकम घटेको छ ।

अघिल्लो दिन ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो । ८६ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.२४, विकास बैंक ०.२१, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.२७, जलविद्युत् ०.१३, लगानी ०.१७, जीवन बीमा ०.३१, निर्जीवन बीमा ०.२४, अन्य ०.१४ प्रतिशत घटे । उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.०१ तथा व्यापार ०.१९ प्रतिशत बढे ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ९९ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ५१ करोड, उत्पादन तथा प्रशोधन २९ करोड, विकास बैंकहरुको १६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आत्मनिर्भर लघुवित्तको मूल्य आज ८.५४ प्रतिशत बढ्यो । त्यस्तै सोलु हाइड्रोको ३.९३, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९ प्रतिशत मूल्य बढ्यो ।

अपर लोहोरेखोलाको ६.९३ तथा आँखुखोला जलविद्युतको २.९४ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा बैंक, खानीखोला हाइड्रोपावर र आँखुखोला जलविद्युत् क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर