काठमाडौं, २० फागुन । पछिल्लो चौबीस घण्टामा ५५३६ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप १०७ जनामा कोरोना भाइरस संक्रमण(कोभिड१९) पुष्टि भएको छ ।
संक्रमितको यस सँख्यासँगै कुल संख्या २ लाख ७४ हजार ४८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा ७८ जना सङ्क्रमित विसेक भएका छन् । यससँगै अहिलेसम्म २ लाख ७० हजार ६८३ जना सङ्क्रमित विसेक भइसकेका छन् ।
मन्त्रालयका अनुसार अहिले ७९५ जनामा सक्रिय सङ्क्रमण रहेको छ ।