काठमाडौं, ११ कात्तिक । आज नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ । हिजो नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको थियो। यस्तै सोमबार यो ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा अडिएको थियो। सो दिन ४ अर्ब २४ लाख बराबरको सेयर कारोबार भएको थियो।

नेप्से परिसूचक उच्च अंकले बढ्दा कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार ५ अर्ब ७९ करोडको कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ।

यसदिन ३४८ स्क्रिप्सको १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ रुपैयाँमा खरिदबिक्री भयो ।

बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुटवल पावरको सेयर १०.६० प्रतिशतले बढ्दा सुपर खुदी हाइड्रोपावरको ६.२६,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ६.२२ र युनियन हाइड्रोपावरको ५.८६ प्रतिशतले बढ्यो।

कारोबारमा आएकामध्ये २४१ वटा स्टक्सको मूल्य बढ्दा ३५ वटाको घट्यो। ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३२ करोड मूल्य बराबरको कारोबार गर्यो। धलेम्दी हाइड्रोले २८ करोडको कारोबार गर्दा बुटवल पावरले २६ करोड,अपी पावर र सोलु हाइड्रोपावरले १९र१९ करोड मूल्य बराबरको कारोबार गरे।

ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक सकारात्मक देखिएका छ्न्। यसदिन हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक २.०६ ले बढ्यो।

 

प्रतिक्रिया

सम्बन्धित खवर