काठमाडौं, ११ कााित्तक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथग्रहण समारोह भोली दिउसो २ वजे हुने भएको छ।
केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको उक्त शपथग्रहण समारोह बिपी स्मृति भवन, ललितपुरमा तय भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथग्रहण कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गरिसकेको कुरा निर्वाचन समितिले जारी गरेको सूचनामा जनाइएको भनिएको छ।
