काठमाडौं, १० कात्तिक । आज नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको छ । हिजो नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा रहेको र ४ अर्ब २४ लाख बराबरको सेयर कारोबार भएको थियो।
परिसूचक सामान्य अंकले बढ्दा कारोबार रकम पनि हिजोको तुलनामा वृद्धि भएको छ। यसदिन ३६० वटा स्क्रिप्सको १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ रुपैयाँमा खरिदबिक्री भयो।
बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो हाइड्रोको सेयर १४.९८ प्रतिशतले बढ्दा माथिल्लो मैलुङ खोला जलविद्युतको १२.०९ प्रतिशतले बढ्यो ।
घलेम्दी हाइड्रोपावरले २८ करोड माथि सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। यस्तै पिपुल्स हाइड्रोपावरले २४ करोडको कारोबार गर्दा सानिमा मिडल तमोर हाइड्रोपावरले २१ करोड,लिबर्टी इनर्जी र ग्रीन भेन्चर्सले १९ र १९ करोडको कारोबार गरे।
कारोबारमा आएकामध्ये १३५ वटा स्टक्सको मूल्य बढ्दा १३६ वटाको घट्यो। बाँकी ८ वटा स्टक्सको मूल्य स्थिर रह्यो। चारवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका छन्। हाइड्रोपावर,माइक्रोफाइनान्स,म्युचुअल फण्ड र अदर्श समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिएका हुन्।
