काठमाडौं, २९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको गोली हानि हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।
सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका जेन्जी आन्दोलनमा कारागारबाट फरार प्रतिवादी ४८ वर्षीय मेघराज भन्ने बाबु थापालाई पेस्तोल तथा गोलीसहित पक्राउ गरिएको हो ।
प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन । उनको साथबाट ‘मेडइन युएसए’ लेखिएको पेस्तोल, नाम नखुलेको अर्को पेस्तोल थान–१, म्यागजिन थान–३ र गोली १५ राउन्ड बरामद गरिएको छ ।
पक्राउ परेका थापा र बरामद हातहतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए।
