काठमाडौँ, भदौ ४ गते । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार तीन सय रुपियाँ र चाँदीको मूल्य २६० रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० रुपियाँ कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ रुपियाँ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला चार हजार ५९५ रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित खवर