विराटनगर, ३ भदौ । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बुधबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले बताए।
कोशीमा कांग्रेसका २९ सांसद छन्।
