काठमाडौ, २ भदौ । आज नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.५५ अंक, फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले घटेको हो।

आज कारोबार रकममा पनि सोमबारको तुलनामा ४५ करोडले कमी आयो। मंगलबार ३४७ स्टकको ५५ हजार २४६ पटकको कारोबारमा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। हिजो ५ अर्ब ५२ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।

आज सर्वोत्तम पेन्ट्सको ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसामा र माउन्ट एभरेष्टको शेयरमूल्य ७८ रुपैयाँ ६० पैसा बढेर ६०३ रुपयाँ २० पैसामा अन्तिम कारोबार भयो। दुवैको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य भने १०।६३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एग्रिकल्चरल बण्ड (९ वर्ष) को ५० करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भयो। सोलु हाइड्रोपावरको ३९ करोड र खानी खोला हाइड्रोपावर कम्पनीको २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।

१३ उपसमूहमध्ये मंगलबार १२ उपसमूहको परिसूचक घटेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर