काठमाडौँ, भदौ २ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ६७ पैसा र बिक्रीदर १५२ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ०३ पैसा र बिक्रीदर १७७ रुपियाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ र बिक्रीदर २०७ रुपियाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ५५ पैसा र बिक्रीदर १८९ रुपियाँ २९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ७८ पैसा र बिक्रीदर १०९ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ १७ पैसा र बिक्रीदर ११० रुपियाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ६४ पैसा र बिक्रीदर १२० रुपियाँ ११ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६६ पैसा र बिक्रीदर २२ रुपियाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ६६ पैसा र बिक्रीदर ४० रुपियाँ ८२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८८ पैसा र बिक्रीदर ४२ रुपियाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६३ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ५७ पैसा र बिक्रीदर ४१ रुपियाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६० पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ८१ पैसा र बिक्रीदर १० रुपियाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ १० पैसा र बिक्रीदर १६ रुपियाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६८ पैसा र बिक्रीदर २३ रुपियाँ ७७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४६ पैसा र बिक्रीदर १९ रुपियाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ २२ पैसा र बिक्रीदर ४९९ रुपियाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ ९५ पैसा बिक्रीदर ४०६ रुपियाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ५३ पैसा र बिक्रीदर ३९८ रुपियाँ ०९ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर