बनेपा, १ भदौ । काभ्रेपलाञ्चोक जिल्लास्थित खानीखोला गाउँपालिका –१ स्याउरेथलीमा बा २१ च २४२ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु र चार जना घाइते भएका छन् ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा खानीखोला गाउँपालिका –४ का कलकबहादुर माझी र खानीखोला गाउँपालिका –२ सार्कीडाँडाकी अनिता मोक्तान रहेको बताउनुभयो ।

उक्त दुर्घटनामा खानीखोला –५ का बहुतमान रुम्बा, वडा नम्बर–३ का प्रदिप जर्घामगर, सिन्धुपाल्चोकका धनपति रावल र बनेपा साँगाका राहुल तामाङ गम्भीर घाइते भएको छन् ।

आज बिहान साढे ११ बजे बोलेरो गाडीको ब्रेक फेल भइ सडकबाट अन्दाजी दुईसय मिटर तल खसेको थियो । घाइतेको उपचारका लागि धुलिखेलतर्फ ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर