काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसको इतर समूहको सम्मेलनले ५ वुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।

सम्मेलनले निर्याय सार्वजनिक गर्दै सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको छ ।

‘नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरी चलिआएका हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ,’ निर्णयमा भनिएको छ ।

वर्तमान संविधानमा जनअपेक्षाबमोजिम आवश्यक संशोधन गर्न संविधानमा भएको व्यवस्थाअनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिइने पनि अर्को निर्णयमा उल्लेख छ ।

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने सम्मेलनले निष्कर्ष निकालेको छ । देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुने र उनकै नेतृत्वमा पार्टी एकताबद्ध भई महाधिवेशन सम्भव हुने पनि निर्णयमा उल्लेख छ ।

घोषणापत्रमा देश अप्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहने उद्घोष गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर