काठमाडौँ, साउन ३० गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ४१ पैसा र बिक्रीदर १५३ रुपियाँ ०१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८० पैसा र बिक्रीदर १७६ रुपियाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ६५ पैसा र बिक्रीदर २०६ रुपियाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ७२ पैसा र बिक्रीदर १८८ रुपियाँ ३५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ५६ पैसा र बिक्रीदर १०७ रुपियाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३३ पैसा र बिक्रीदर १०९ रुपियाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ०६ पैसा र बिक्रीदर ११९ रुपियाँ ५३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६० पैसा र बिक्रीदर २२ रुपियाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५९ पैसा र बिक्रीदर ४० रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८० पैसा र बिक्रीदर ४१ रुपियाँ ९७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ५० पैसा र बिक्रीदर ४१ रुपियाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २९ पैसा र बिक्रीदर ३७ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ७२ पैसा र बिक्रीदर १० रुपियाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९५ पैसा र बिक्रीदर १६ रुपियाँ ०१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५३ पैसा र बिक्रीदर २३ रुरुपियाँ पैयाँ ६१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्रीदर १९ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपियाँ ०५ पैसा र बिक्रीदर ४९८ रुपियाँ ०० पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ २४ पैसा बिक्रीदर ४०५ रुपियाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ८५ पैसा र बिक्रीदर ३९७ रुपियाँ ४१ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस
