काठमाडौँ, १२ असोजः नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक ९डिआइजी०लाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी०मा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ ९संशोधन सहित०को नियम २७ को उपनियम ९४० अनुसार चार डिआइजीलाई एआइजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर