काठमाडौँ, २४ वैशाख । संसद सचिवालयमा कार्यरत तनहुँ घर भएका ५० वर्षीय  उपसचिव कृष्णराज खनालको कोराना संक्रमणबाट मृत्यु भएको छ ।   खनालको शुक्रबार बिहान सहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको हो।

घरमै आइसोलेसनमा रहेकै बेला स्वास्थ्यमा समस्या आएपछि कलंकीस्थित सहिद ममोरियल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ। वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीको स्वाब संकलन गरिएको थियो।

उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो ।

संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संघीय संसद सचिवालयका अनुसार बुधबार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर