काठमाण्डौं, २० बैशाख । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । आफूलाई कोरोना संक्रमण भएको जानकारी उहाँले आज सोमबार बिहान ट्विटरमार्फत् गराउनुभएको हो ।
शर्माका अनुसार ज्वरो र जीउ दुखाई बढेपछि हिजो आइतबार बेलुकी स्टार अस्पतालमा उहाँले स्वाब परीक्षण गर्न दिनुभएको थियो । आज सोमबार बिहान रिपोर्ट पोजेटिभ आयो ।
उहाँ डाक्टरको निर्देशनअनुसारको औषधि सेवन गरेर डेरामै आइसोलेसनमा बस्नुभएको छ ।
ट्विटरमा उहाँले उल्लेख गर्नुभएको छ : लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबै सगज रहौं ।
