काठमाण्डौ, १९ पुस । इरानमा बम बिष्फोट हुँदा १०० भन्दा बढी मान्छेको मृत्यु भएको छ । विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाए अनुसार इरानको रिभोलुशनरी गार्डस्का जनरल सुलेमानीको चिहान रहेको केरमान शहरमा भएको थियो ।

त्यहाँ सुलेमानी चौथो स्मृति दिवसमा हिजो ३ तारिखका दिन केरमानको साहेब अल-जमान मस्जिद नजिकै कार्यक्रम भइरहेको थियो । हजारौ मान्छेहरू त्यो कार्यक्रममा सहभागी हुन गैरहेका थिए । बम त्यही बेला बिषफोट भएको थियो ।

इरानी सरकारी प्रसारक संस्थाले त्यहाँ बम विष्फोट भएको र त्यसमा परेर १०० भन्दा बढी मान्छे मरेको अनि कैयौं घाइते भएको पुष्टि गरेको छ ।

उक्त विष्फोट कसले र किन गराएको हो भन्ने यकिन भएको छैन र अहिलेसम्म कुनै पनि समूहले त्यसको जिम्मा लिएको छैन।

सुलेमानी सन् २०२० को जनवरी ३ मा इराकमा गरिएको अमेरिकी ड्रोन हमलामा मारिएका थिए ।

सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो। रिभोलुशनरी गार्ड्सको विदेशमा कारबाही गर्ने शाखा क्विड फोर्सका कमाण्डरको रूपमा उनी उक्त क्षेत्रभरि इरानी नीति लागु गर्ने एक प्रमुख व्यक्ति थिए।

उनी क्विड फोर्सका गोप्य अभियानहरू चलाउने र उसका सहयोगी सरकार तथा हमास र हिजबुल्लाहलगायत सशस्त्र समूहहरूलाई सहयोग गर्ने कार्यमा क्रियाशील रहेको बताइन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर