काठमाडौं, ३१ असोज । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई आज दिउसो ललितपुरस्थित उनको घरबाटै गिरफ्तार गरेको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिनुभएको छ ।
श्रेष्ठले पनि उनलाई घरमै प्रहरीले लिन आएको जानकारी दिनुभएको छ ।
जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर हाँस्य कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए।
