काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ।
रास्वपा सांसद गणेश पराजुलीका अनुसार सिंहदरबारमा जारी संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा सो कार्यदल गठन गर्ने निर्णय गरेको हो।
‘पराजुलीका अनुसार, ‘यसले ७ दिनभित्र विधान संशोधन गरेर, कार्यविधि बनाएर दिनेछ।’
उनका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा तयारी गरेर आउन र आफ्नो मर्यादाअनुसार अगाडि बढ्न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिने छ।
