काठमाडौँ, भदौ ३ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८० पैसा र बिक्रीदर १५३ रुपियाँ ४० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ९३ पैसा र बिक्रीदर १७७ रुपियाँ ६२ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ७५ पैसा र बिक्रीदर २०७ रुपियाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ २६ पैसा र बिक्रीदर १८९ रुपियाँ कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ६३ पैसा र बिक्रीदर १०९ रुपियाँ ०६ पैसा , क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ १७ पैसा र बिक्रीदर ११० रुपियाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ५९ पैसा र बिक्रीदर १२० रुपियाँ ०६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६६ पैसा र बिक्रीदर २२ रुपियाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७० पैसा र बिक्रीदर ४० रुपियाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९२ पैसा र बिक्रीदर ४२ रुपियाँ ०८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६१ पैसा र बिक्रीदर ४१ रुपियाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ८४ पैसा र बिक्रीदर १० रुपियाँ ८८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०५ पैसा र बिक्रीदर १६ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६७ पैसा र बिक्रीदर २३ रुपियाँ ७६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४८ पैसा र बिक्रीदर १९ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ ४८ पैसा र बिक्रीदर ४९९ रुपियाँ ४३ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ३१ पैसा र बिक्रीदर ४०६ रुपियाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ८८ पैसा र विक्रीदर ३९८ रुपियाँ ४४ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
