काठमाडौ, २६ साउन । ‘फेक शासनविरुद्ध असल शासन’ नारासहित कमन जेनजी नेपालले रास्वपा सरकारविरुद्ध भदौ २३ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

संगठनका अध्यक्ष विकेश साहले आज एक विज्ञप्ति जारी गर्दै सो जनाउनुभएको हो ।

साहले वर्तमान सरकारलाई दमनकारी र जनविरोधी भन्दै जेनजी आन्दोलनका मूल माग सम्बोधन गर्न असफल भएको आरोप लगाउँदै जेनजी आन्दोलन केही व्यक्ति वा सरकार परिवर्तनका लागि मात्र नभई समग्र शासन प्रणालीमा आमूल परिवर्तनका लागि भएको दाबी गरेका छन्।

आन्दोलनका क्रममा घाइते तथा सहिद परिवारको उचित सम्बोधन नभएको, किसानका समस्या, मूल्यवृद्धि, मल अभाव र जनजीविकाका सवालमा सरकार उदासीन बनेको उहाँको आरोप छ।

‘केपी ओलीलाई सडक आन्दोलनबाट फालेझैँ वर्तमान सरकारलाई पनि सडकबाटै फाल्छौं,’अध्यक्ष साहले चेतावनी दिँदै परिवर्तन चाहने युवा, राजनीतिक दल, नागरिक समाज र राष्ट्रवादी शक्तिलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर