काठमाडौँ, साउन २३ गते । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर १५२ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ २७ पैसा र बिक्रीदर १७५ रुपियाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ३६ पैसा र बिक्रीदर २०५ रुपियाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ५९ पैसा र बिक्रीदर १८८ रुपियाँ ३३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ०४ पैसा र बिक्रीदर १०७ रुपियाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ४५ पैसा र बिक्रीदर १०८ रुपियाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ६७ पैसा र बिक्रीदर ११९ रुपियाँ १४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५३ पैसा र बिक्रीदर २२ रुपियाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५० पैसा र बिक्रीदर ४० रुपियाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७२ पैसा र बिक्रीदर ४१ रुपियाँ ८९ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४० पैसा र बिक्रीदर ४१ रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १६ पैसा र बिक्रीदर ३७ रुपियाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ७४ पैसा र बिक्रीदर १० रुपियाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०२ पैसा र बिक्रीदर १६ रुपियाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४५ पैसा र बिक्रीदर २३ रुपियाँ ५४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३८ पैसा र बिक्रीदर १९ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ ०८ पैसा र बिक्रीदर ४९७ रुपियाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ २४ पैसा बिक्रीदर ४०४ रुपियाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ ८९ पैसा र बिक्रीदर ३९६ रुपियाँ ४५ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
