पोखरा, २७ जेठ । गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत पाउन सक्नु भएन ।उहाँले विश्वासको मत लिन आज प्रदेश सभामा प्रस्ताव पेस गर्नुभएको थियो ।

विपक्षमा ३० मत परेको थियो । मुख्यमन्त्री गुरुङले जम्मा २७ मत पाउनुभएको थियो । ५८ जना सांसद उपस्थित भए पनि जम्मा ५७ जना सांदले मतदान गरेका थिए । विश्वासका लागि मुख्यमन्त्रीले त गरेको प्रस्ताव अस्वीकृत भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नुभयो ।
मुख्यमन्त्री गुरुङको विरोधमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदले मत दिएका थिए ।
मतदानमा युवा तथा खेलकुदमन्त्री दिपक मनाङे अनुपस्थित रहेका थिए ।

यसअघि २ वैशाखमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

मुख्यमन्त्रीको राजीनामासँगै सोही दिन प्रदेश प्रमुखले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन् । विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गरे पनि दाबी नपुगेको भन्दै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः गुरुङ नै नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर