ब्राजिल, ९ कात्तिक । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनुभएको छ ।

ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गर्नुभयो । यस जितसँगै लुलाले सन् २०२७ देखि २०३० सम्म ब्राजिलको नेतृत्व सम्हाल्नु हुनेछ ।

पहिलो चरणको मतदानमा फ्लाभियो बोल्सोनारो लुलाभन्दा अगाडि रहनुभएको थियो । तर दोस्रो तथा निर्णायक चरणको प्रतिस्पर्धामा बाजी पल्टाउँदै लुलाले पुनरागमन जित दर्ता गर्नुभयो ।

ब्राजिलमा सन् १९८९ मा प्रजातान्त्रिक निर्वाचन पुनः सुरु भएयता पहिलो चरणमा दोस्रो स्थानमा परेको उम्मेदवारले दोस्रो चरणमा जित हासिल गरेको यो पहिलो ऐतिहासिक घटना हो। यसअघि सधैँ पहिलो चरणमा अग्रता लिने उम्मेदवार नै अन्तिम चरणमा विजयी हुने गरेका थिए।

नतिजा सार्वजनिक भएपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति लुलाले यो जितलाई झूट र अस्वीकार्यतामाथिको विजय भन्दै ब्राजिलको सार्वभौमसत्ता र स्वतन्त्रता सधैँ अक्षुण्ण राख्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर