काठमाडौँ, ९ कात्तिक । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक १२ गते बिहीबारदेखि शनिबार दिउँसोसम्म वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् रोजन लामिछानेले बङ्गालको खाडीमा चक्रवात बनिरहेकोले यसको प्रभाव नेपालसम्म पर्ने जानकारी दिदै बिहीबारदेखि शनिबार बिहानसम्म वर्षा रहने र त्यसपछि मौसम सुधार हुने सम्भावना छ ।
उक्त प्रणालीको सबैभन्दा बढी प्रभाव हिमाली, पहाडी र तराई भूभागमा हुने सम्भावना देखिएको उहाँको भनाइ छ ।
लामिछाने भन्नुहुन्छ, “सो अवधिमा मध्यम वर्षाको सम्भावना धेरै देखिन्छ । थोरै ठाउँमा भारी वर्षा, एक, दुई ठाउँमा अति भारी वर्षाको सम्भावना पनि देखिन्छ ।”
