काठमाण्डौं २८ बैशाख ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव राख्नु भएको छ ।

आइतबार क्रेमलिनबाट राष्ट्रपति पुटिनले रूस-युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धका कारणहरुको समाधानका लागि यस्तो वार्ताको प्रस्ताव राख्नु भएको हो ।

आजको चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

पुटिनको प्रस्ताव छ : ‘हामी किभलाई पूर्वसर्तबिना प्रत्यक्ष वार्ताको सुरू गर्न प्रस्ताव गर्छौं । किभका अधिकारीहरूलाई बिहीबार इस्तानबुलमा वार्ताका लागि प्रस्ताव गर्छौं।’

पुटिनको उक्त प्रस्तावबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

रूस-युक्रेन युद्धविरामको मध्यस्थता अमेरिकाले गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा र निजी रूपमा युद्धविरामका लागि दुवै देशलाई दबाव दिँदै आउनु भएको छ।

पछिल्लो समय अमेरिका र युक्रेनबीच खनिज सम्झौता भइसकेको छ।सम्झौतापछि युक्रेनको विकासका लागि संयुक्त लगानी कोषसमेत स्थापना पनि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर