काठमाडौँ, १५ चैतः सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ । त्यसैगरी राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् । दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्‍याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधरण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् ।

काठमाडौँका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले  जानकारी दिनुभयो । उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको उहाँले बताउनुभयो ।

मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव र महेन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने भएका हुन् ।

गणतन्त्रवादी र राजावादी प्रदर्शनको कारण काठमाडौँ उपत्यकाका सडक सवारीसाधन विहीन देखिएका छन् । उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सुरु गरेको छ ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु