काठमाडौँ, ७ चैत ः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको “गिरिजाप्रसाद र लोकतन्त्र” विषयक विचार गोष्ठीमा उहाँले भन्नुभयो, “जहिले जहिले मुलुक अप्ठ्यारोमा परेको छ, त्यसबेला नेपाली कांग्रेसले नै विभिन्न घटना क्रमको अगुवाइ गरेको छ र सफल भएको छ ।”

उहाँले कांग्रेस कुनै दलको पछि लाग्न नहुने बताउनुभयो । कांग्रेसले आगामी रणनीति बनाएर अन्य दललाई मिलाएर अगाडि लैजान सक्नुपर्ने बताउँदै उहाँले उक्त क्षमता नेपाली कांग्रेसमा रहेको धारणा राख्नुभयो ।

सरकारमा रहेका काँग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्दा आफूहरूलाई कुनै आपत्ति नभएको बताउँदै उहाँले कांग्रेस र सरकारलाई खबरदारी गर्नु प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

उहाँले कृषि, हाइड्रोपावर, पर्यटन र डिजिटलाइजेशनलाई प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समृद्धि हुने जिकिर गर्नुभयो ।

  नेता डा शेखर कोइरालाका साथमा सहमहामन्त्री भिष्मराज आङ्दम्बे, जिपि कोइराला फाउन्डेशनकी अध्यक्ष सुजाता कोइराला, पुर्व कोषाध्यक्ष सितादेवी यादव, केन्द्रिय सदस्यहरु बलबहादुर केसी, डा चन्द्र भण्डारी र दिनेश कोइराला, पुर्व केन्द्रिय सदस्य हृदयराम थानी, रत्ना शेरचन, गुरुराज घिमिरे र केशव सिंह, पुर्वमन्त्रीहरु सुरेन्द्र आचार्य, सुरेश मल्ल, हस्तबहादुर मल्ल, रामबहादुर बिष्ट, सांसद डा सुनिल शर्मा, राष्ट्रिय सभा सदस्य सदस्य बिष्णु सापकोटा, काठमाडौ महानगर सभापति निलकाजी शाक्य, बरिष्ठ पत्रकारहरु किशोर नेपाल, हरिहर बिरही,  श्रीआचार्य, तेजप्रकाश पण्डित लगायत ।
All reactions:

250

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु