
काठमाडौ, २५ फागुन । काठमाडौंको विमानस्थलको मुख्य गेट अगाडि पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू उनका स्वागतका लागि भेला भएका छन् ।
विमानस्थलको मुख्य गेट अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्। पूर्वराजा शाह आजै कास्कीको पोखराबाट काठमाडौं फर्कदै छन् । उनले हिजो पोखराको एक होटलमा केही धार्मिक संस्थाका प्रतिनिधिहरुलाई रात्रीभोजको आयोजना गरेका थिए ।