
काठमाण्डौं, २० फागुन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरूका २५ वटा संघ–संगठनले भाग लिने भएका छन् ।
निर्वाचन तालिका अनुसार हिजो १९ गतेको दिन विद्यार्थीहरूले आआफ्नो संगठन दर्ता गराउन पर्ने समय थियो । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार चुनावमा सहभागी हुन हिजै २५ विद्यार्थी संगठन दर्ता भए ।
स्ववियु निर्वाचन त्रिविका ६२ वटै आंगिक क्याम्पसमा हुँदैछ ।
निर्वाचनमा भाग लिन दर्ता भएका विद्यार्थी संगठनमा १) नेविसंघ २) अनेरास्ववियु ३) अखिल क्रान्तिकारी ४) अनेरास्ववियु समाजवादी ५) नेपाल क्रान्तिकारी विद्यार्थी ६) अखिल क्रान्तिकारी (वैद्य) ७) राष्ट्रिय प्रजातन्त्रवादी विद्यार्थी संगठन ८) अखिल समाजवादी ९) समाजवादी विद्यार्थी युनियन १०) अखिल छैटौं ११) अखिल नेपाल विद्यार्थी युनियन १२) लोकतान्त्रिक विद्यार्थी संघ १३) अनेरास्ववियु (पाँचौं) १४) विद्यार्थी जनमत संघ १५) नेपाल विद्यार्थी मोर्चा १६) प्राज्ञिक विद्यार्थी परिषद् १७) वैज्ञानिक समाजवादी विद्यार्थी संगठन १८) अखिल क्रान्तिकारी बहुमत १९) राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल २०) वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा २१) नागरिक विद्यार्थी समाज २२) राष्ट्रिय विद्यार्थी संघ २३) नयाँ शक्ति विद्यार्थी युनियन २४) समाजवादी विद्यार्थी युनियन र २५) राष्ट्रिय विद्यार्थी मञ्च छन् ।
स्ववियुको यसअघि २०७९ चैतमा भएको निर्वाचनमा १९ वटा विद्यार्थी संघ–संगठनले भाग लिएका थिए ।