काठमाडौं, १९ फागुन। त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पसहरूमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा भाग लिनको लागि  विद्यार्थीहरुले आ-आफ्नो संगठन आज फागुन १९ गते दर्ता गरिसक्नु पर्नेछ ।

संगठन दर्ताको समयय अपराह्न तीन बजेसम्म तोकिएको छ ।

स्ववियुको चुनाव आगामी चैत ५ हुने हुँदैछ ।

निर्वाचन तालिका अनुसार त्यसपछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने चुनाव आयोगको कार्यतालिका छ ।

कार्यतालिका अनुसार २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन  दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने हुनेछ ।

दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । सोही दिन दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने जनाइएको छ ।

निर्वाचन तालिका अनुसार दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुनको लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा प्रकाशित हुनेछ  ।

मतदानको समय आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु