जेनेभा, १७ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीबाट ५५ बिरामी विशेष उपचारका लागि मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई) लगिएको जनाएको छ । बिरामीसँगै उनीहरूका ७२ जना सहयोगीलाई पनि सँगै लगिएको छ ।
डब्लुएचओका अनुसार बिरामीमा स्वप्रतिरक्षा ९अटोइम्युन० प्रणाली, रगतसम्बन्धी रोग, क्यान्सर, मुटुसम्बन्धी रोग, आँखा तथा मृगौलाको समस्या, ‘ट्रमा इन्जुरी’, नशाको समस्या र छालासम्बन्धी समस्या रहेको छ ।
गाजामा इजरायली आक्रमणका कारण सीमित स्वास्थ्य केन्द्रमा पनि स्वास्थ्यकर्मी, उपकरण, शैया र औषधीको अभाव भएको छ ।
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले भनेको छ, “अझै पनि १२ हजारभन्दा बढी बिरामीहरूलाई गाजा बाहिर चिकित्सकीय स्थानान्तरणको आवश्यकता छ।” एएफपी