पौष १४, काठमाडौँ, उक्तसभामा प्रतिष्ठानका अध्यक्ष श्री हरिवोल भट्टराईको अध्यक्षता र पूर्व राजदुत डा. जयराज आचार्यको प्रमुख अतिथिमा सम्पन्न भयो । वी. पी.को विचार अहिले पनि उतिकै सान्दर्भिक छ भन्दै कुटनैकि क्षमता अभिवृद्धि गर्र्न र मुलुकको अग्रगति लिन दृढँ दृष्टिकोणको खाँचो रहेको कुरा डा. आर्चायले औल्याउनु भयो । विशिष्ट अतिथि डा. टिका पोख्रेलले स्पष्ट  दृष्टिकोण र आदर्श बोकेकालाई नेताहरुलाई नेपाली कांग्रेसले भुमिका बिहिन बनाएको आरोप लगाउनु भयो।सो कार्यक्रममा प्रतिष्ठानका सहअध्यक्ष पुष्पराज पराजुली ,नेपाल प्रजातान्त्रिक महासंघका सस्थापक अध्यक्ष गोबिन्द प्रसाद शर्मा ,प्रतिष्ठानका उपाध्यक्ष जयराम लामिछाने ,सूचना आयोगका पूर्व अध्यक्ष श्री आचार्य ,नेपाली कांग्रेसका काठमाडौ महानगरका उपसभापति सन्त महर्जन लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।कार्यक्रमको संचालन महासचिव देवीप्रसाद आचार्यले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर