पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको छ । २३ जनवरीमा सार्वजनिक भएको समाचार अनुसार ‘टिकटक’ बनाउन रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको हो ।

पाकिस्तानको राजधानी सहर इस्लामाबादनजिकै साह खालिदको छिमेकमा पर्ने रावलपिन्डी सहरमा २२ जनवरीमा सो दुर्घटना भएको जनाइएको छ ।

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ वर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्थामा रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले जानकारी दिएका छन् । उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गर्दा उनको मृत्यु भइसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर