मोरङ, ३ असारः मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको आज निधन भएको छ ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी गच्छदार गत माघ महिनादेखि मस्तिष्कघात भई उपचाररत हुनुहुन्थ्यो । उहाँको उपचारकै क्रममा आज निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिनुभयो । स्व गच्छदारको अन्त्येष्टि मङ्गलबार गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर