काठमाण्डौँ, २९ असार । डा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समिति विस्तार गरिएको छ ।

सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहनुभएको छ । यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ ।

पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ ।

यसैगरी डा शरद्सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर