काठमाडौ, २६ साउन । जापान पठाइदिने भनेर ठगी गर्ने गेट्सवे इन्टरनेशनल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सिइओ प्रतीक बुढाथोकी पक्राउ परेका छन्।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय बुढाथोकीले जापान पठाइदिने भनेर ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा २०८३ साउन २५ गते बुटवलबाट पक्राउ गरिएको हो।
बुढाथोकीले गेट्सवे इन्टरनेशनल प्रा.लि. नामक कन्सल्टेन्सीमार्फत उक्त रकम लिएको आरोप छ।
