काठमाडौ, २६ साउन । हिजो २६४१.०५ विन्दुमा बन्द भएको नेप्से आज २६४१.८५ विन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ।

सोमबार ३ अर्ब ६७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ४ अर्ब ११ करोड रूपैयाँ पुगेको छ।

यसदिन ३४० वटा धितोपत्रको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर किनबेच भएको हो। आज १३३ कम्पनीको सेयरमूल्य बढेको छ भने १२२ वटाको घटेको छ। यस्तै २० कम्पनी स्थिर छन्।

अपर लोहोरे खोला हाइड्रोपावको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३६ रूपैयाँ ६० पैसा पुगेको छ।

यस्तै, ७५ आरबिबिएल डिबेन्चर २०८८ को मूल्य ५.९२ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार ५३ रूपैयाँ कायम भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर