धरान, २७ मङ्सिर । हिमालयन बैंक लिमिटेड प्रादेशिक कार्यालय बिराटनगर र मादी शाखा,संखुवासभाको सयुक्त आयोजनामा “वित्तीय साक्षरताकार्यक्रम “ सम्पन्न भएको छ।  कार्यक्रम मादी नगरपालिकाका मेयर जिबन कुमार लिंग्थेपको प्रमुख आतिथ्य र विभिन्न वडाका अध्यक्ष तथा सदस्य, राजनीतिक दलका प्रतिनीध, बिद्यालयहरुका प्राचार्य, शिक्षा शाखाप्रमूख, मादी बजारका व्यवसायिक, विद्यार्थी र महिलाहरुको उपस्थिति बिच सम्पन्न भयो।

कार्यक्रममा मेयर  जिबनकुमारले  दुर दराजका जनतालाई भौगोलिक विकटताको बाबजुद हिमालयन बैंकले मादी, ओखरबोटेमा शाखा बिस्तार गरि आधुनिक बैंकिंग सेवा प्रदान गरेकोमा बैंक लाई धन्यवाद दिदै यहाका साना व्यबसायी र कृषि क्षेत्रमा पनिलगानी गरिदिनको लागि अनुरोध गर्नु भयो  ।

प्रदेश १ प्रमुख श्री अमृत मल्लले बैंक सेवामुलक नाफा आर्जन गर्नेसंस्था भयतापनि हिमालयन बैंकले संथागत सामाजिक उत्तरदातीत्व कार्यक्रममार्फत समाजका विभिन्न क्षेत्रहरुमा आर्थिक एवं भौतिक सहयोग विभिन्नसमयमा पुर्याउदै आएको बारेमा चर्चा गर्नुका साथै आयोजित वित्तीय साक्षरताकार्यक्रमको बारेमा थप प्रकाश पार्नु भएको थियो ।

त्यसैगरि   प्रदेश कार्यलय विराटनगर र हिले शाखा, धनकुटाले पाख्रिबास नगरपालिका सभा हलमा पनि “वित्तीयसाक्षरता कार्यक्रम” सम्पन्न गरेका छन् ।  कार्यक्रम पाख्रिबास नगरपालिकाप्रमुख श्री ज्ञान बहादुर गुरुङको मुख्य आतिथ्य र विभिन्न वडा प्रतिनिधि,बिद्यालय का प्राचार्यहरु, इलाका प्रहरी कार्यलय प्रमुख, स्कूलरक्याम्पसकाविधार्थी र महिलाहरुको सहभागिता थियो।

उक्त वित्तीय साक्षरता कार्यक्रमहरुमा प्रादेशिक कार्यलय बिराटनगर र शाखाकार्यालय धरान, हिले र मादीका कर्मचारीहरुले   बैंक के हो र वित्तीय साक्षरताको महत्व किनछ, वित्त व्यबस्थाको लागि व्यक्तिगत र पारिवारिक वजेट कसरि तयार गर्ने, बचत गर्ने बानि कसरि सुधार गर्न सकिन्छ, सहुलियत पूर्ण ब्याज अनुदानकर्जा के हो र यो कसरि प्राप्त गर्न सकिन्छ,  विप्रेषण भनेको के हो र यसकोसहि सदुपयोग कसरि गर्ने, हुण्डी के हो र यसले कसरी अर्थतन्त्रमा नकारात्मकअसर पार्छ,   सफा नोट नीति के हो र कसरि नोटहरुको जतन गर्न सकिन्छ जस्ता वित्तीय साक्षरता सम्वन्धि बिषयमा बैंकका कर्मचारीहरुले जानकारी गरेका थिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर