काठमाढौ, २७ साउन । लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यहरूमा आपसमा सहकार्य गर्ने उध्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमालें), नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मसाल) बीच सहमती भएको छ ।
उक्त सहमतीमा एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मसालका महामन्त्री मोहनविक्रम सिंह वीच भएको हो ।
सहमति पत्र अनुसार तीनै दलले राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा उभिनुका साथै प्रतिगमनका विरुद्धको आन्दोलनमा समेत सहकार्य गर्ने छ।
