अङ्कारा, ७ मङ्सिर । टर्कीको उत्तरपश्चिमी प्रान्त डुज्सेमा बुधबार बिहान गएको ५.९ याग्निच्युडको भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले जानकारी दिनु भएको छ ।

भूकम्प स्थानीय समयानुसार बुधबार बिहान ४ः०८ बजे गएको यसको केन्द्रविन्दु गोल्याका जिल्लामा रहेको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । भूकम्पको धक्का टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुल र आसपासका क्षेत्रमा महसुस गरिएको थियो । बिजुली अवरुद्ध भएको गोल्याकामा व्यापक आतङ्क मच्चिएको एनटिभीले जनाएको छ ।

डुज्से प्रान्तमा सन् १९९९ मा गएको ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा करिब आठ सय जनाको ज्यान गएको थियो ।
––––

प्रतिक्रिया

सम्बन्धित खवर